९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब नाघ्यो, यस्ताे छ अन्य अवस्था

३१ साउन, काठमाडाैँ । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ । कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब १ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.४९ प्रतिशतले बढी हो । यस्तै कम्पनीले अन्य स्रोतबाट १ करोड १ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत बढेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म २२ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९९.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले ११ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यो अवधिसम्म कम्पनी खर्च नियन्त्रण गर्न भने असफल भएको छ । कम्पनीको कुल खर्च २९.३६ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ७७ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको रिजर्भको आकार ७ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । १ अर्ब ९३ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति २९ करोड ८५ लाख र कुल चालु दायित्व १६ करोड २ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस०मा उल्लेख्य सुधार आएको छ । कम्पनीको ईपीएस ७.३० रुपैयाँबाट बढेर १४.५६ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.२५ रुपैयाँ र पीई रेसियो ६२.३६ गुणा कायम भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १३:५७