९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

जिएमईसँगको मर्जरपछि आइएमइको एकीकृत कारोबार बुधवारदेखि सुरू

३० साउन, काठमाडाैँ । नेपालमा आजदेखि जिएमई रेमिटसँगको मर्जरपछि रेमिटेन्स सेवा प्रदान गर्ने प्रमुख संस्था आइएमइले एकीकृत कारोबार सुरू गरेको छ। यस मर्जरसँगै आइएमइको रेमिटेन्स बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा कायम भएको आइएमइले जनाएको छ।

एकीकृत नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आइएमइको व्यवसायिक यात्रा र योगदानको प्रसंशा गर्दै भनन्नुभयाे, ‘रेमिटेन्स सेवा प्रदान गर्ने याे संस्था १०० गुणा बढेर याे अवस्थासम्म आइपुगेको छ। यस कारण पनि यसलाई थप डिजिटाइज गर्न र सुरक्षित बनाउन अझ आवश्यक रहेकाे छ ।

आइएमईका संस्थापक तथा निवर्तमान अध्यक्ष चन्द्र ढकालले रेमिटेन्स क्षेत्रमा आधा हिसस्ता अगेट्ने गरी ठूलो कम्पनी भएकोमा खुसी व्यक्त गर्दै वाहाँले आइएमईको प्रारम्भिक दिनको समेत स्मरण गर्नुभयाे ।

त्यस्तै,’२००१ मा सानो काउन्टरबाट सुरू भएको यो यात्रा अहिले नेपालमा रेमिटेन्स सेवा औपचारिक रूपमा उपलब्ध गराउन सुरुवात गरेका आइएमइलाई देशकै ठूलो रेमिटेन्स कम्पनी बनाउन सफल भएका छौं’, वाहाँले भन्नुभयाे ।

ढकालले कम्पनी सुरू गर्ने समयमा आफूले मासिक दुई मिलियन डलर भित्र्याउने लक्ष्य राखेको र सरोकारवालाहरूले नपत्याएको स्मरण गर्नुभयाे ।

अहिले मासिक दुई सय मिलियन डलरभन्दा बढी रेमिटेन्स भित्र्याएकाे र  आफूहरू जापान बस्ने क्रममा नेपाल पैसा पठाउने क्रममा देखिएको समस्या तथा भोगेको समस्यालाई मध्यजर गरेर आइएमइको सुरूवात गरिएको समेत वाहाँले बताउनुभयाे

त्यस्तै, यो मर्जरसँगै आइएमइका निवर्तमान सिइओ खिलेन्द्र पौडेलले भन्नुभयाे, ‘कम्पनी सुरू गर्दा सानो थियो, तर सपना ठूलो थियो। अहिले हामीले ठूलो उपलब्धि हासिल गरेका छौं। मर्जरसम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनले हाम्रो व्यवसाय अझ बलियो भएको छ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १५:५७