९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री बनाएको चीनको दाबी

३० साउन, बेइजिङ । विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री बनाएको चिनियाँ कार निर्माता कम्पनी जीकरले दाबी गरेको छ । नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने र अल्ट्रा फाष्ट चार्जिङको मद्दतले ब्याट्री साढे १० मिनेटमै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन सक्ने कम्पनीकाे भनाइ छ ।

अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लाले १५ मिनेट चार्ज गर्दा मोडल थ्री कारको ब्याट्री १७५ माइल (२८२ किमि) सम्म गुड्ने बताइएकाे छ ।

जीकरको २०२५ ००७ सेडान कार आगामी हप्तादेखि विक्रीका लागि उपलब्ध हुँदै छ । टेस्लाको चार्जिङ प्रविधि उद्योगमा अब ‘लिडिङ’ नरहेको बजार परामर्शदाता कम्पनी सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशकले भन्नुभएकाे छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १३:१४