९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नाफा ५० प्रतिशत बढ्यो

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण हिमालयन एभरेस्ट इन्स्योरेन्सले सार्वजनिक गरेको छ ।

कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५० प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त कम्पनीको खुद प्रिमियम आम्दानी नै ३६ प्रतिशत बढेको छ, भने कुल आम्दानी ४४ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीकाे प्रतिसेयर आम्दानी पनि बढेको छ भने कम्पनीको सञ्चित नाफा ३८ करोड रुपैयाँ छ ।

२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष कोषमा १ अर्ब ७४ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा ७ करोड ३७ लाख छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १०:३९