१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्यादको विपक्षमा उभिने रास्वपाको निर्णय

२९ साउन, काठमाडौँ । भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ ।

आज बसेको बैठकले उक्त निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे ।

भ्रष्टाचारहरूको कुनैपनि बेला मुद्दा चल्न सक्छ । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ जसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, वाहाँले भन्नुभयाे ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १२:१७