३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ रिंगिट, दिराम र रियाल भाउ

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६६ पैसा र खरिददर मूल्य १३४ रुपैयाँ ६ पैसा तोकेको छ । याे अहिलेसम्मकै उच्च पनि हो ।

त्यस्तै, युएई मुद्रा दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ५० पैसा छ तथा मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ २२ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ ९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यस दिनका लागि साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८७ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ७२ पैसा छ र कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९३ पैसा छ भने खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १०:५२