८ माघ २०८१, मंगलवार | Tue Jan 21 2025

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्य नियुक्त

२९ साउन, काठमाडाैँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा धादिङ निलकण्ठ ९ ज्यामिरेका रमेश आचार्य नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा आचार्यलाई सीईओमा नियुक्त गरेको हो । स्रोतका अनुसार उहाँ नेपाली कांग्रेस निकटको हुनुहुन्छ । उद्योगमन्त्री दामोर भण्डारीको जोडबलमा आचार्य सीईओमा नियुक्त हुनुभएको हो ।

आचार्यको सात वर्षको अनुभव सम्बन्धित विषय समेत विवादित रहेको बुझिएको छ । नियुक्तिको सबैभन्दा महत्वपूर्ण योग्यता मानिएको अनुभव पनि नभएको र फरक विषय र क्षेत्रका व्यक्ति सीईओमा नियक्त भएपछि एमालेभित्र भने हल्लीखल्ली सुरू भएकत्र छ ।

झण्डै ८ अर्ब बजेट रहेको कम्पनीमा नेकपा एमालेका नेताले कांग्रेसका कार्यकर्तालाई किन नियुक्ति दिए भन्ने विषयमा एमालेभित्र खोजी सुरू भएको छ । यसअघि नुनको मूल्यवृद्धिको विषयमा पनि उद्योगमन्त्री माथि प्रश्न उठेको थियो । अहिले सीईओ नियुक्तिको प्रतिस्पर्धामा झापाकै एमाले नेता चिन्तन पाठकका भाइसहित आधा दर्जन एमाले नेता प्रतिस्पर्धामा रहेका थिए ।

(यसअघिको समाचारमा असावधानीवस एमाले नेता रमेश आचार्यको तस्बिर र विवरण प्रकाशित हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।-प्रधानसम्पादक)

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार ०६:१४