६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

कांग्रेस महासमितिमा गच्छदारले चाहेका २०० प्रतिनिधि र १५० पर्यवेक्षक सहभागी हुन पाउने

२८ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टी उपसभापति बिजय गच्छदार एक्लैले चाहेका ३५० जनाले प्रवेश पाउने भएका छन । महासमिति सदस्यको हैसियतामा २०० जना र १५० जना पर्यवेक्षकको हैसियतामा सहभागी हुन पाउने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शनिबारदेखि राजधानीमा हुन लागेको महासमिति बैठकको एकदिन अघि गच्छदार समूहलार्इ यति ठूलो संख्यामा प्रतिनिधि र पर्यवेक्षक सहभागी गराउन दिने निर्णय भएको हो । शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले गच्छदार समूहबाट महासमिति सदस्यको हैसियतले २०० जना र १५० जना पर्यवेक्षक रहने निर्णय गरेको पार्टी प्रवक्ता शर्माले बताए । गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि गच्छदारले काँग्रेससँग पार्टी एकता गरेका थिए ।

बैठकले राजनीतिक दस्तावेज, संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदनलाई परिमार्जन सहित पारित समेत गरेको छ । सो प्रतिवेदलाई महासमिति बैठकले अनुमादन गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार २२:५९