१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

२८ साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै शाहले बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भन्नुभएकाे हाे ।

मुख्यमन्त्रीबाट बुधबारलाई विश्वासको मत लिनेगरी पत्र आएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयाे ।

एमालेको समर्थनमा शाह यही साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १४:४२