१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च इभीको नेपालमा आजदेखि प्रि–बुकिङ सुरू

२८ साउन, काठमाडाैँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आजदेखि बहुप्रतिक्षित पन्च इभीको प्रि–बुकिङ  सुरू गरिएकाे छ ।

प्रि–बुकिङ गरिएका गाडीहरू आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी सुरू गरिनेछ।

उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त र पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेकाे कम्पनीको भनाइ छ।

१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एगल्स लगायतका विशेषताका साथै ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस  समेत रहेको छ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।

यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभई टाटा ब्राण्डको इभी पोर्टफोलियोमा नयाँ आयाम थपेको समेत कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १३:११