१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

पहिरोले दुई घर भत्किए, १५ लाखबढीको क्षति

२८ साउन, बैतडी । वर्षासंगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं.३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबारको क्षति पुगको बताउनुभयो । पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ ।

डिलाशैनी गाउँपालिकाकाका अध्यक्ष सन्तोष जोशीले पहिरो पीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनस्र्थापनाका काममा गरिने बताउनुभयो । यसैबीच वर्षातका समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १०:०७