१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राप्रपा अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन अष्ट्रेलिया आउँदै

अष्ट्रेलिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देन शुक्रवार अष्ट्रेलिया आउने भएका छन् । राप्रपाको प्रवासी शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको मेलवर्नमा हुने पाचौ अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन आउन लागेका हुन् ।

तस्विर :-   रासस

प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया अध्यक्ष सुन्दर कार्कीका अनुसार संस्थाले १७ अगष्ट शनिबार स्थानीय ईस्टोनियन हालमा आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष लिङ्देनले यहाँको नेपाली समूदायसंग अन्तरक्रिया गर्नेछन् ।

ईस्टोनियन हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि भिक्टोरियाको नेपाली समूदायका अगुवाहरुलाई आमन्त्रण गरिएको पनि उनले जानकारी दिए । पाँच वर्षअघि स्थापना भएको प्रवासी नेपाली एकता समाजको घोषणा पनि मेलबर्नमा नै गरिएको थियो । संस्थापक अध्यक्ष अजय राजवंशी हुन् ।

अध्यक्ष लिङ्देनका साथ राप्रपाका प्रवक्ता, कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि हुनेछन् ।
अध्यक्ष लिङ्देन २० तारिख एडिलेडमा आयोजना हुने  कार्यक्रममा सहभागी भएर सिड्नीमा झापाली समाज अष्ट्रेलियाको आयोजनमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन्।

पूर्वउपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको यो पहिलो अष्ट्रेलिया भ्रमण हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ०९:४५