१३ पुष २०८१, शनिबार | Sun Dec 29 2024

जुवाको खालबाट पूर्वमन्त्री र सक्किगोनिका कलाकारसहित ११ जना पक्राउ

२७ साउन, काठमाडाैँ । जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । काठमाडौँको गौरीघाटबाट प्रहरीले कोशी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई पक्राउ गरेको हाे ।

काभ्रे घर भएर गौरीघाटमा बस्दै आएका राजु महतको घरमा शनिबार अपरान्ह जुवा खेलिरहेका बेला उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्व अध्यक्ष वीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत, माधव थापा र टेलिसिरियल ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम शर्मालगायत छन् ।

पक्राउ परेकामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयाे  ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १६:४८