१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

४ चैत, काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भूकम्पमा भागी फरार रहेका कैदीलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले विसं २०७२ वैशाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार सिन्धुपाल्चोक भोताङका मान लामालाई आज मूलपानीबाट पक्राउ गरेको हो ।

लामा कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि कैद भुक्तान गरिरहेका थिए । विसं ०७२ वैैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारबाट २१२ जना कैदीबन्दी भागेको थियो । रासस

 

प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार २०:२६