३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आदरणीय सेयर बजारको निकै माया/चिन्ता गर्ने माननीयज्यूहरू…

आदरणीय सेयर बजारको निकै माया/चिन्ता गर्ने माननीयज्यूहरु,

– तपाईंको पार्टी सरकारमा छ। अझ तपाईंहरुमध्ये २ जना त केही महिनाअघिसम्म अर्थ मन्त्रालय नै चलाउँदै हुनुहुन्थ्यो । अहिले पनि तपाईंहरुले समर्थन गरेको शक्तिशाली सरकार छ।
सेयर/पुँजी बजारको नियमन र सुपरिवेक्षण संसद र पार्टीले गर्ने हैन भन्ने सामान्य तथ्यको ज्ञान तपाईंहरुमा हुनुपर्ने हो ।

कानुनले पुँजीबजारको संचालन र नियमनका लागि धितोपत्र बोर्ड/नेप्सेको स्थापना गरेको छ । उनीहरूको जिम्मेवारी कानुनले तोकेको छ, जुन कानुन तपाईंहरुले नै बनाएको हो ।

#एउटा कुरा कान खोलेर सुन्नुहोला,

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष/सिईओ पद रिक्त भएको अब एक बर्ष पुग्नै लाग्यो । यसबिचमा ३ वटा सरकारसङ्गै ३ अर्थमन्त्री परिवर्तन भए । तर अध्यक्ष नियुक्ति भएन । बोर्डको नेतृत्व अलपत्र मात्रै पारिएन मन्त्रालयको प्रतिनिधिको रुपमा जाने सहसचिव समेत ३ महिनामा तिनचोटी फेरियो ।

लगानीकर्ताको चिन्ता गर्ने मात्र हैन, बजार ब्यवस्थित पार्ने र बिकास गर्ने बोर्डलाई अपाङ्ग बनाएर तपाईंहरु लगानीकर्ताप्रति खुबै मायाभाव उराल्दै गरेको देख्दा `धामी र बोक्सी´को कथा याद आउँछ ।

जबकि तिनै लगानीकर्ताहरु २ महिनाअगाडि सम्म तपाईंजरुकै दैलोमा राहत माग्दै आउँदा तपाईंले उल्टो अनेकथरी कर थोपरेर पठाइदिनुभएको थियो ।

संसदको अर्थ समिती जसको सभापतिलाई सेयर कारोबार कसरी हुन्छ भन्नेसम्म थाहा छैन । उहाँ अमुक अमुक ब्यक्तिको इशारामा खुबै सेयरप्रेमी हुन थाल्नुभएछ ।

संसदको बैठकमा सेयरको भाउ किन बढ्यो भनेर चिन्ता गर्नुभन्दा हाम्रो अर्थतन्त्रको अवस्था किन दुरुह भयो भन्ने चिन्ता गरेको भए बेस हुन्थ्यो । पुँजिगत खर्च किन हुँदैन र राष्ट्रिय गौरवका आयोजनाहरु किन अलपत्र छन भनेर छलफल गरेको भए हुन्थ्यो ।

dainiki.com

यही संसदमा ९ वटा आर्थिक बिधेयक लामो समयदेखी अड्केको छ । ती बिधेयक छिटो पारित गरिदेको भए आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुग्थ्यो ।

तर, तपाईंहरुलाई कोहि अमुक ब्यक्तिले सेयरमा लगानी गरेर २/४ लाख कमाएको सुन्दा औडाहा भएको महसुस हुन्छ । नत्र भने आजको अर्थ समितिको बैठकले `धितोपत्र बोर्डको अध्यक्ष तुरुन्त नियुक्ति गर´ भनेर निर्देशन दिनुको साटो फलानो फलानो कम्पनीको सेयर धेरै बढ्यो, अब बढ्न रोक्नुपर्छ भनेर छलफल हुनुजस्तो लज्जास्पद कुरा अर्को हुँदैन ।

– संसारको कुन मुलुकमा सेयर बजार बढ्यो भने जनताको प्रतिनिधित्व गर्ने सान्सदहरुलाई औडाहा हुन्छ ?

– संसारको कुन मुलुकका सान्सदहरु सेयर बजार बढ्दा रन्थनिदै पुँजीबजारप्रती नै जनताको बिश्वास घटाउने गरि मिडियामा बर्बराउँछन ?

– कानुन बनाउने बिधायकहरुको काम नियामक संस्थाहरुलाई कानुनले बलियो बनाईदिएर बलियो सुपरिवेक्षण सयन्त्र बनाईदिने होकी यो-यो कम्पनीमा यो-यो लगानीकर्ताले यति कमाए भन्दै हिसाब गर्दै बजार प्रभावित पार्ने हो ?

– आफू सरकारमा हुँदा एउटा सामान्य कर्मचारी नियुक्ति नगर्ने, बर्षौसम्म संसदमा अड्केको बिधेयक पारित नगर्ने तर आफ्नो जिम्मेवारी र दायित्व भुलेर कथित सेलिब्रिटी बन्न ´कसैले लेखेर दिएको चिर्कटो´ बाचन गर्नेहरुले कस्तो उदारवादी खुलाबजार अर्थतन्त्रको अभ्यास गर्न खोजेका हुन ?

– माननीयज्यूहरु आउनुस, संविधानमा लेखिएको खुला बजार अर्थतन्त्र अनि पुँजीवादको बाटो हुँदै समाजवादसम्म पुग्ने अर्थतन्त्रको बाटोमा पुँजीबजारको स्थान कहाँनेर हुन्छ भन्ने बिषयमा बहस गरौं न ।

– केही महिनाअघि मात्रै लगानीसम्मेलन गरियो । विदेशी लगानी भित्र्याउन अनेकन अफरहरुको घोषणा भयो । अर्थतन्त्र चलायमान हुन नसकेकोमा खुबै चिन्ता गरियो । तर कथनी र करनीको यहि फासला नै हाम्रो गरिब अर्थतन्त्रको कारक हो भनेर कहिले बुझ्ने ?

एकपटक सान्सद/बिधायकको जिम्मेवारी र दायित्व केके हुनेरहेछ भनेर आफ्नै टिओआर पल्टाएर हेर्ने होकी !

नत्र सन्सदमा बिशेष समय लिएर बर्बराउनुभन्दा फलानो-फलानो कम्पनीको सेयर यतिभन्दा बढ्न नपाउने भनेर कानुनै बनाइदिए भैगो । टन्टै-साफ ।

भन्न त धेरै बिषय छन, तपाईंसङ्गै बसेर मिडिया लाइभमा खुला बहस गर्न मन छ । बाँकी अर्को पोस्टमा ।

उहि तपाईंहरुले दयाभाव राख्दै चिन्ता गर्नुभएको बबुरो लगानीकर्ता,

– दिनेश आचार्य

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १०:१६