२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

शनिबार यी नदीहरूमा बाढीको जोखिम

 २६ साउन, काठमाडौँ । शनिबार बिहानको मापन अनुसार भेरी नदीको समजिघाट केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको छ । नारायणी, कर्णाली, कोशी, महाकाली र यसका सहायक नदीहरू  पूर्वी राप्ती, कन्काई, बाग्मती, पश्चिम राप्ती र बबई नदीमा बाढीकाे सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार गोरखा, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, रामेछाप, दोलखा, सिन्धुपाल्चोक,मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, सल्यान, कालिकोट, दैलेख, सुर्खेत, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्लामा बहने केही स-साना नदीहरूमा समेत बाढीकाे जाेखिम रहेकाे छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार ११:३८