२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीकाे जोड

२५ साउन, सुनसरी । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।

धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाई स्कुलको ७८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सामुदायिक विद्यालयले शैक्षिकस्तर वृद्धि गरे नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने धारणा राख्नुभयो ।

शिक्षा क्षेत्रको समग्र विकास र सुधारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा लागानी गर्नुपर्ने वृद्धि गनुृपर्ने बताउँदै विद्यालयको विकास र शिक्षा सुधार गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयको स्थापना दिवसको अवसरमा पब्लिक हाई स्कुलद्वारा प्रकाशित ‘पीयूष’ मुखपत्र छैठौँ अङ्कको विमोचन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्राध्यापक डा इन्द्रमोहन झा, विद्यालय अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र राईलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १६:१०