९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

पिपुल्स इनर्जी लिमिटेडले आइपीओ जारी गर्दै, बोर्डसँग माग्याे अनुमति

२४ साउन, काठमाडौँ । साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड  (सेबोन) सँग पिपुल्स इनर्जी लिमिटेडले अनुमति मागेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि कम्पनीले बोर्डसँग अनुमति मागेको हो ।

पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आइपिओ जारी गर्न सबै प्रक्रिया पुरा भइसकेपछि बोर्डमा आवेदन दिएकाे हाे ।  कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । पिपुल्सलाई आइपीओ जारी गर्न विद्युत नियमन आयोगले यही साउन २२ मा सहमति दिएको थियो ।

उक्त कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

२०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका इन्टेक, हेडवक्र्स, सुरुङ्, विद्युत गृहलगायतका संरचना निर्माणको कार्य अन्तिम चरणमा पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिनुभयाे ।

सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको र उक्त आयोजनाको हालसम्म ८०  प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १२:१५