२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

परीक्षा मिति समेत तोकेर त्रिविमा स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो

२४ साउन, काठमाडौँ । स्नातक तहकाे लागि त्रिभुवन विश्वविद्यालयले भर्ना आह्वान गरेको छ । शैक्षिक वर्ष २०८१-०८२मा व्यवस्थापन सङ्काय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा  त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले विद्यार्थी भर्ना आह्वान गरेको हो। 

वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरी साउन २८ देखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउन म्याद दीएको छ, भने कक्षा असोजबाट सञ्चालन हुनेछ । २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ । अन्तिम परीक्षा २०८२ को असारमा हुनेछ भने २०८२ को असोजमा नतिजा प्रकाशन गरिनेछ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार ०९:५९