शिवपुरी हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन
२३ साउन, काठमाडौँ । सरकारले नुवाकाेटकाे शिवपुरीमा भएकाे हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य हुनुहुन्छ ।
आयोगलाई काम सुरु गरेको मितिले ३० दिनकाे समय दिइएकाे सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । एयर डाइनेस्टीको हेलिकप्टर मंगलबार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १८:२२