१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

मेरो माइक्रोफाइनान्सको खुद नाफा २१ करोड ९५ लाख, अन्य सूचकमा पनि सुधार

२३ साउन,  काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.५९ प्रतिशत बढी हो। लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७६ करोड ७० लाख रुपैयाँ रहेको थियो । संस्थाको सञ्चालन नाफामा पनि आकर्षक वृद्धि देखिएको छ । त्यसैगरी सञ्चालन नाफा ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको वितरणयोग्य नाफा १९ करोड ६२ लाख ३१ हजार रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले १४.८७ प्रतिशत लाभांश वितरण गर्न सक्छ । समीक्षा अवधिमा १२ करोड ५४ लाख २० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो अवधिसम्म घटेर १ करोड ९४ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। यसको प्रतिसेयर आम्दानी १६.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १६०.५३ रुपैयाँ छ । एनपीएल ७.६८ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १३:५५