२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

एमाले बागमतीमा थपिए ४३ सदस्य, अधिवेशनबाट निर्वाचित भएका पनि मनोनितमा

२२ साउन, काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश कमिटीमा ४३ जना थपिएका छन । थपिएका मध्ये ३४ जनाले केही दिनअघि नै पद तथा गोपनियताको शपथ गरिसकेका छन । नेकपा एमालेको मंगलबार सार्वजनिक भएको अपानीमा एमाले बागमती प्रदेश कमिटीमा ४३ जना सदस्य मनोनित भएको उल्लेख गरिएको छ ।

जसमा एक साता अघिमात्र सपथ लिएका ३४ सहित ४३ जनाको नाम रहेको छ । उक्त सूचीमा यसअघि बागमती प्रदेशको प्रथम अधिवेशनमा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट सर्वसम्मत निर्वाचित भएका केपी लामिछाने पनि मनोनित भएका छन ।

उनी नेकपा एकीकृत समाजवादीबाट चुनावको मुखयमा एमालेमा फर्किएका थिए । अधिवेशनबाट निर्वाचित भएका लामिछने एमालेको नयाँ अपानीमा पुनः मनोनितमा परेका छन । लामिछानेसहित नुवाकोटबाट ठाकुर गजुरेल, जितेन्द्र विष्ट र नवराज ओझा पनि मनोनयनमा परेकाछन । यी हुन मनोनित भएका ४३ जना सदस्यहरू ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार २०:३५