२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

राजेन्द्रप्रसाद सापकोटालाई टानको अध्यक्ष बनाउ भन्दै रामप्रसादले त्यागे उम्मेदवारी

२२ साउन, काठमाडौँ। पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेतृत्व सर्वसम्मत गराउन उम्मेदवारी घोषणा गरेकाहरूले अर्को उम्मेदवारलाई समर्थन दिएर आफ्नो घोषणाबाट पछि हट्नेक्रम सुरू भएको छ । आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले मंगलबार अध्यक्षका अर्का उम्मेदवार राजेन्द्रप्रसाद सापकोटालाई समर्थन गर्नुभएको छ ।

मंगलबार उहाँले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तर्फबाट साझा उम्मेदवारको रूपमा अध्यक्षमा प्रस्तावित सापकोटालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी नरहने जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत एक तस्बिर र आफ्नो निर्णय सार्वजनिक गर्दै सापकोटाले भन्नुभएको छ, ‘केही गरौ भन्ने हुटहुटी बोकेर लामो समयदेखि पदयात्रा व्यवसायमा आवद्द, मजदुर हुदै ब्याबसायी बनेका नेपाल पर्यटन बोर्डको समेत नेतृत्व गरिसकेका, निर्भीकतापूर्वकआफ्ना कुरा राख्न सक्ने स्पष्ट वक्ता , सरकारी निकायमा समेत सहज पहुँच बनाउन सक्न्ने सक्षम युवा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटालाई आगामी भदौ १७ गते हुने टान निर्वाचनमा सहयोग गरी आफ्नो एजेन्डाहरुको कार्यान्वयन गराउने निर्णय गरेको छु !’

यस्तो छ रामप्रसाद सापकोटाको अपिल

आदरणीय पदयात्रा ब्यबसायीहरु नमस्कार !
टान हामी पदयात्रा व्यवसायीहरुको छाता संगठन हो । व्यवसायी र व्यवसायको हित र प्रवर्धन गर्नु यो संस्थाको मुख्य उद्देश्य हो । संस्थाको गरिमा बढाउन र सबै सदस्यहरुले भोग्नु परेका समस्या समाधन गर्न प्रयास गर्ने उदेश्यले मैले पनि अध्यक्ष पदमा उमेद्वारी दिने निर्णय गरेको थिएँ।

मेरो उद्देश्य व्यवसायिक संस्थामा सर्बसम्मत नेतृत्व चयन होस र अनावस्यक आर्थिक भार कसैलाई पनि नपरोस भन्ने थियो । तर पनि हालसम्मको अवस्था हेर्दा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था देखिएको छैन! मैले पूर्व अध्यक्षहरु बसेर सबै आकांक्षीहरुलाई राखेर गर्ने निर्णयलाई आत्मसत गर्छु भन्दै आइरहेको थिएँ तर त्यो अवस्था पनि नभएपछि यस पटक म उमेदवारी कायम नराख्ने निस्कर्षमा पुगेको सबैलाई जानकारी गराउदछु !

केही गरौ भन्ने हुटहुटी बोकेर लामो समयदेखि पदयात्रा व्यवसायमा आवद्द, मजदुर हुदै ब्याबसायी बनेका नेपाल पर्यटन बोर्डको समेत नेतृत्व गरिसकेका, निर्भीकतापूर्वकआफ्ना कुरा राख्न सक्ने स्पष्ट वक्ता , सरकारी निकायमा समेत सहज पहुँच बनाउन सक्न्ने सक्षम युवा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटालाई आगामी भदौ १७ गते हुने टान निर्वाचनमा सहयोग गरी आफ्नो एजेन्डाहरुको कार्यान्वयन गराउने निर्णय गरेको छु !
यस बीचमा मप्रति सद्भाव राखेर शुभकामना दिनुहुने सम्पूर्णमा व्यक्तिहरूमा हार्दिक आभार व्यक्त गर्दछु !
जय TAAN

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १९:४३