२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

सेयर बजारमा भारी गिरावट, १४५ अंकले घटेकाे बजारमा २३ अर्ब ७१ करोडको कारोबार

२२ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।

सो गिरावटपछि नेप्से २६५१ अंकमा कायम भएको छ । सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

प्रकाशित मिति : 15:31