९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

हालसम्मकै उच्च विन्दुमा पुगेर एकैदिन प्रतितोला २३ सय रूपैयाँ घट्यो सुनको भाउ

२२ साउन, काठमाडौं । साताको तेस्रो बारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २३ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँले घटेर प्रतितोला  १७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार ११:४३