३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अमेरिकी डलरको मूल्यमा दैनिक नयाँ रेकर्ड

२२ साउन, काठमाडौं । अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ४६ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ ८६ पैसा तोकेको छ ।

अमेरिका, भारतसहितका मुलुकहरुको स्टक मार्केटमा गिरावट आउँदा अमेरिकी डलरको माग बढ्न गएको छ, जसका कारण डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्सस्तै, एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ २१ पैसा र खरिदर मूल्य १४६ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४४ पैसा र एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ ३९ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ २५ पैसा पाइन्छ ।

एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८२ पैसा र खरिददर मूल्य ३५ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार ०९:२८