२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा

२१ साउन, काठमाडाैँ । बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर देश छोडेकी छिन्। प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। रिक्तता र अशान्तिपूर्ण अवस्था नियन्त्रणमा लिने तयारीमा बंगलादेशको सेना लागेको छ। सेना प्रमुख जनरल वाकर उज जमानले देशबासीका नाममा सम्बोधन गरेका छन्।

देशबासीका नाममा सम्बोधन गर्दै उनले बंगलादेशमा अन्तरिम सरकार बनाउने बताएका छन्। त्यसबारे राजनीतिक दलहरुसँग गरेको समेत उनले जानकारी दिएका छन्। प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गर्दै सेना प्रमुखले अब राष्ट्रपतिसँग भेटका लागि समय मिलाएको बताएका छन्। उनले विद्यार्थीलाई शान्त रहन आग्रह गर्दै विद्यार्थी हत्याको अनुसन्धान गर्ने समेत प्रतिवद्धता जनाएका छन्।

कस्तो खालको सरकार बन्छ भन्ने चाहिँ उनले खुलाएका छैनन्। बंगलादेशमा कुनै संकटकाल घोषणा नगर्ने र शान्ति स्थापना गर्ने बताउँदै सेना प्रमुखले आफूहरुलाई केही समय दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १७:२९