२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिन्

२१ साउन, काठमाडाैँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । अन्तर्राष्ट्रिय समाचार बिबिसीले स्‍थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको बताएका छन् । हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ बाट सेनाको हेलिकप्टर चढेर सुरक्षित स्थानमा गएको बताइएकाे छ । उनी देश छाडेर हेलिकप्टरमा भारततर्फ उडेको दाबी गरिएकाे छ ।

बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, त्याे सम्भव नभएपछि उनी र उनकी बहिनीले सुरक्षित ठाउँका लागि गणभवन छाडेका हुन् । 

बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्। बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन्।

आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १५:५०