२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट्स र ग्लोबल आईएमई बैंकबीच छुट सम्झौता

२१ साउन, काठमाडाैँ । ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट्स र ग्लोबल आईएमई बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । साउन २१ गते आयोजित एक कार्यक्रममा ल्यान्डमार्क समूहका समुह महाप्रबन्धक बोधराज लम्साल र रिलेसन अफिसर नरेन्द्र देवकोटाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएकाे थियाे ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट/क्रेडिट कार्ड तथा अन्य कुनै पनि इलेक्ट्रोनिक माध्यमबाट बिल भुक्तानी गर्दा ल्यान्डमार्क होटल्स एण्ड रिसोर्टमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट समूहले काठमाडौँ, पोखरा, चितवन र भैरहवामा ४ वटा होटल सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १२:३७