१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

धादिङमा गुडिरहेको माइक्रोमाथि रूख ढल्यो, ७ जना यात्रु घाइते

२१ साउन, काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ जना घाइते भएका छन् । उपचारका लागि घाइतेहरुलाई गजुरी अस्पताल लगिएको छ ।

काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै माइक्रोमाथि रुख खस्दा सवार ७ यात्रुहरु घाइते भएको धादिङका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माइक्रोमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम  जारी भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ११:२६