८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शान्ती श्री परियारको स्वरमा एउटै बोटमा दुई दुईटा बारुलाको गोलो (भिडियो)

२० साउन, काठमाडाैँ । बारुलाको गोलो लोक दोहोरी गीत सार्वजनिक भएको छ । जस्मा शान्ती श्री परियार र सुदिप पन्तको आवाज, सुदिप पन्त र रमेश कडरियाको शब्द तथा गायक स्वयमको संगीत छ भने गीत को संगीत सम्योजन रमेश कडरियाले गरेका छन ।

भिडियोलाई केही फरक शैलीमा प्रस्तुत गरिएको छ । जङलमा बसोबास गरेका प्रेमी प्रेमिका (मोडेल उषा उप्रेती र रमेश कडरिया) को रोमान्चक प्रेम दर्शाउनुको साथै केही भिलेन पात्र पनि खडा गरिएको छ । भिडियोलाई कार्टून्ज क्रू का सरोज अधिकारीले निर्देशन, सरोज अधिकारी र रोशन बिक को कोरियोग्राफी, तथा क्यामरामा पवन शुस्लिङले काम गरेका छन ।

नगरकोट र साँखुको जङलमा छायान्कान भएको गीतलाई सुरोज अधिकारीले भिडियो सम्पादन गरेका हुन भने कलर करेक्सन राजेन्द्र मोक्तानले गरेका छन । म्युजिक भिडियोलाई हेर्दा गीतले चर्चा बटुल्न सक्ने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १७:३२