कोशी प्रदेशमा भूकम्पको धक्का
२० साउन, काठमाडौँ । कोशी प्रदेशमा भूकम्पको धक्का महशुष गरिएको छ । आइतबार अपरान्ह ४ बजेर ४ मिनेट जाँदा भूकम्पको धक्का महशुष गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार ताप्लेजुङको अंखोप केन्द्रविन्दु भएर ४ दशमलत ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का कोशी प्रदेशका अन्य जिल्लामा समेत महशुष गरिएको थियो ।
प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १७:१७