२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

भारतमाथि नेपालको ऐतिहासिक जित

१९ साउन, काठमाडाैँ । शनिबार भएकाे काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको हो।

 नेपालले पहिलो खेलमा श्रीलंकालाई हराउँदै लगातार दोस्रो जित हात पारेकाे हाे ।

खेलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयाे, भने तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो र चौथो सेटमा भारत २५-१८ ले विजयी भयो।

निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकालेकाे छ ।

नेपाल, श्रीलंका, भारत इरान र माल्दिभ्स गरी पाँच टोली सुरुमा एकआपासमा भिड्नेछन्, भने प्रत्येक दिन दुई खेल हुनेछ ।

तेस्रो खेलमा अब नेपालले इरानसँग खेल्ने भएकाे छ । सेमिफाइनल अगस्ट ६ मा हुनेछ, भने फाइनल खेल अगस्ट ७ मा हुनेछ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १७:३७