१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

१९ साउन, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते संसद्‌बाट विश्वासको मत लिने भएका हुन् ।

मतका लागि कँडेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले संविधानको धारा १८८ को उपधारा (२)बमोजिम विश्वासको मत लिनेछन् ।  

नेपाली कांग्रेसको समर्थनमा कँडेलले अब  सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन । सम्भवतः उनीहरुको शपथ आइतबार हुनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १६:२२