२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

काभा वुमन्स नेसन्स कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

१९ साउन, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल दिउँसो ३ देखि त्रिपुरेश्वरस्थि राखेपको कभर्डहलमा सुरु हुनेछ ।

नेपालले उद्घाटन खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो । भारतले भने लगातार दुई खेल जितिसकेको छ, र पहिलो खेलमा इरानलाई ३-१ ले हराएको भारतले दोस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

भारत दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ, भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल र भारत महिला भलिबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तर नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

पछिल्लो पाँच वर्षमा नेपालले भारतसँग चारपटक खेलिसक्दा पनि अहिलेसम्म नेपालले जित हात पार्न सकेको छैन ।

यसपटक नेपाली टोलीका जितका लागि भोक पनि छ र भारतलाई पहिलोपटक हराउँदै काभा नेसन्स लिगमा उपाधि दाबेदारी पेश गर्न पनि चाहन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार ११:०५