१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

भारतीय कमेडियन कपिल शर्माकाे विवाह सार्वजनिक

२७ मंसिर, भारत । भारतीय हास्य कलाकार कपिल शर्माकाे उनकी लामो समय देखिकी प्रेमिका गिन्नी चतरथसँग विवाह सम्पन्न भइसकेकाे छ । उनीहरुकाे पञ्जाबको जालन्धरमा रहेको होटल क्लब कबानामा डिसेम्बर १२ मा विवाह सम्पन्न भएको हो ।

विवाहमा कपिल शर्माका आफन्तजन तथा नजिकका साथीहरु उपस्थित थिए । कपिल शर्माले आफ्नो ट्वीटरमार्फत विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।

कपिलले उनको विवाहमा हरियो रंगको शेरवानी लगाएका छन र हातमा तरवार बोकेका छन् । कपिलकी दुलही गिन्नी चतरथले भने रातो रंगको लेहंगा लगाएकी छिन् भने कपिलको पहिरनसँग मिल्ने गहना लगाएकी थिइन् ।

विवाहमा भारतीय हास्य कलाकार कृष्णा अभिषेक, भारती सिंह, सुमोना चक्रवर्ती, राजीव ठाकुर आदि उपस्थित भएका थिए । खबरहरुका अनुसार कपिल शर्माले सुनील ग्रोवरलाई पनि विवाहको निणन्त्रणा दिएका थिए तर सुनील विवाहमा सहभागी भएका थिइनन् ।

अहिले सामाजिक सञ्जालमा कपिलका शुभचिन्तक तथा बलिउड र टेलिभिजन कलाकारले बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार १३:५६