९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सुनको मूल्यमा नयाँ रेकर्ड

 १८ साउन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, अघिल्लो दिनको तुलनामा भने चाँदी ५ रूपेयाँले घटेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ११:१५