कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
१८ साउन, काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी थालेको छ ।
बोर्डले सम्भव भएसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारीका लागि बोर्डको बैठक बसिरहेको नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
यही वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए । बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र रहेको थियो ।
‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालनको आधारमा नतिजा प्रकाशन गर्ने भएको छ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १०:५९