१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी रघुवीर महासेठलाई

१७ साउन, काठमाडौँ । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ ।

कोशी प्रदेशको जिम्मेवारीबाट हटाइएका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ ।

यस्तै, यसअघि विदेश विभाग प्रमुख रहनुभएका राजन भट्टराईलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १७:४६