१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

१७ साउन, काठमाडौं । नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवहरू पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो ।

पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहनुभएकाे छ । अन्य प्रदेशमा नयाँ इन्चार्ज आएका छन् । काेशी प्रदेश इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बन्नुभएकाे छ ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज हुनुहुन्थ्याे। बराल बढुवा भएर उपाध्यक्ष मनोनित हुनुभएकाले इन्चार्जको जिम्मेवारीबाट हट्नुभएकाे हाे ।

सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हट्नुभएकाे हाे ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १७:१३