१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रदेश सरंचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी छ: मुख्यमन्त्री कार्की

१७ साउन, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी रहेको बताउनुभएको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०र८१ को दुईदिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सेवा प्रवाहमार्फत प्रदेश संरचना आवश्यक भएको अनुभूति गराउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले  सङ्घ, प्रदेश र स्थानीय तह  राष्ट्रका लागि भएकाले प्रदेशलाई स्थापित गराउन जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले  सरकारले कृषिमा आधारित उद्योगसँग  सहकार्य  गरी उत्पादन वृद्धि गर्न किसानलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारले कृषि उद्योगको स्थायित्व, उत्पादन वृद्धि र रोजगार प्रवद्र्धनका लागि ब्याजमा अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा बेरुजु घटाई सुशासन प्रत्याभूति गर्नुपर्ने बताउँदै बेरुजु फर्छ्यौट गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रभावकारी काम गरी जनताको मन जित्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव डा लेखराज दाहालले सहकारीका माध्यमबाट कृषिमा आधारित उद्योग स्थापना गरी जनताको जीवनस्तर उकास्नुपर्ने धारणा राख्नुभयो । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालयअन्तर्गतका १४ जिल्लाका ४८ कार्यालयले प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १६:११