१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त

१६ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएकाे छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ।

बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी नियुक्त हुनुभएकाे छ ।

मन्त्रिपरिषद्को सोमबारकै बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएकाे छ । जसअनुसार बाग्मतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार हुनुहुन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १९:१२