२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

शंकरदास वैरागीले दिए राजीनामा

१६ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिनुभएको छ ।

वैरागीले साउन ९ मै राजीनामा दिनुभएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा नै मुख्यसचिव बैकुठ अर्याललाई बनाउने बाटो खोल्दै राजीनामा दिनुभएको हो ।

राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागी र मुख्य सचिवमा अर्यालको नियुक्त एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि अर्याल निलम्बनमा पर्नुभएको हो । स्रोतका अनुसार वैरागीलाई भारतका लागि नेपालको राजदूत बनाउने आश्वासन कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनुभए पनि प्रधानमन्त्री ओली तयार हुनुभएन ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १४:२४