१६ हजार विपन्न युवालाई स्वरोजगार सीपमूलक तालीम दिइने
४ चैत, काठमाण्डौं । सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए ।
उपत्यका बाहिरका ४६ वटा जिल्लाका युवालाई भने तालीम शुरु गरिसकिएको छ । उनीहरुलाई छोटो अवधिको तालीम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालीम दिन थालिएको उनले बताए ।
उक्त तालीम प्रवेशिका एसइइ अनुत्रीण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युुटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता तालीम दिन दिइने छ । इभेन्ट परियोजना प्रमुख पाण्डेले तालीम दिन युवाको छनोट सकेर सोमबार काठमाडाँै, ललितपुर र भक्तपुरका चार हजारलाई भौचर वितरण गर्न थालिएको बताए ।
तालीम लिइसकेपछि ती युवाले लिएको तालीमको सीप परीक्षण केन्द्रबाट सीप परीक्षण गर्ने परियोजना उपनिर्देशक दिनेश खनालले बताए । ‘‘तालीम दिइसकेपछि उक्त संस्थाले नै तालीम लिएका युवालाई रोजगारी दिनेछन्न् ।
इभेन्टले विश्व बंैकसँगको सहकार्यमा पाँच वर्ष्भित्र मुलुकका एक लाख १५ हजार युवालाई तालीम दिनेछ । सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउनका लागि छोटा अवधिका तालीम सञ्चालन गर्दैआएको छ । इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालीम दिइसकेको छ । रासस
प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार १७:३६










