१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रचण्डले जवाफ दिने तय भएको माओवादीको पदाधिकारी बैठक सर्‍यो

१५ साउन, काठमाडौँ । मंगलबार बिहान ११ बजे बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठक अब दिउँसो १ बजे बस्ने र नेताहरूले उठाएको प्रश्नको जवाफ आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने तय भएको कार्यालयका सचिव उपाध्यायले जानकारी दिए ।

बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।उक्त बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक आजै सकिने सचिव उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ११:०४