१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मन्त्रालयगत प्रगति र भावी योजनाबारे प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिने

१५ साउन, काठमाडौँ । उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एकै ठाउँमा राखेर  मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन् ।

सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा गत साउन १३ गते ब्रिफिङ लिएका थिए ।

सचिवहरूले आफ्नो मन्त्रालयको वस्तुस्थिति, सुधारको मार्गचित्र, कार्यप्रगति, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए ।

प्रधानमन्त्री भएपछि ओलीले पहिलो पटक यस प्रकारको बैठक राखेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १०:२२