१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, भारतमा शंकर शर्माकै निरन्तरता

१४ साउन, काठमाडौँ । सरकारले अमेरिका र भारतसहित विभिन्न देशमा राजदूत नियुक्तिको निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्तिको निर्णय गरेको हो ।

dainiki.com

मन्त्रिपरिषद् स्रोतका अनुसार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र भारतको राजदूतमा प्रचण्ड सरकारले फिर्ता बोलाएका शंकर शर्माकै निरन्तरता भएको छ । सत्तारूढ नेपाली कांग्रेसको कोटामा शर्मा र नेकपा एमालेको कोटामा रेग्मी राजदूत भएका हुन ।

यस्तै सरकारले चीनमा केपी ओली, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे र मलेसियामा डा. नेत्र तिमल्सिनालाइ राजदूतमा सिफारिस गरेको  छ।

सरकारले नेकपा माओवादी केन्द्र निकट, नेकपा एकीकृत समाजवादी निकट र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका बाँकी राजदूत पनि फिर्ता गरेर नयाँ सिफारिस गरेको बुझिएको  छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार २१:०४