८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

२२ सचिवको एकै पटक सरूवा अर्थ मन्त्रालयमा रामप्रसाद घिमिरे

१४ साउन, काठमाडौँ । सरकारले एकै पटक २२ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २२ सचिवको सरूवा गरेको हो । स्रोतका अनुसार राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै राजस्य सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई सरूवा गरिएको छ ।

अर्थ सचिव मधु मरासैनीलाई उपराष्ट्रपति कार्यालय सरूवा गरिएको छ । सचिवहरूको सरूवाको पूर्ण विवरण मुख्यसचिवले निर्णय प्रमाणिकरण गर्ने समयसम्ममा हेरफेर हुनसक्ने छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार २०:३८