१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जीबी राईसहित १८ जनालाई झिकाउन गृह मन्त्रालयलाई विशेष समितिको निर्देशन

१४ साउन, काठमाडाैँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा जोडिएका जीबी राईसहित १८ जनालाई झिकाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार भएको बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई सँगै राखेर समितिले १८ जनालाई झिकाउन निर्देशन दिएको हो ।

dainiki.com

बैठकपछि समितिका सभापति थापाले सहकारी क्षेत्रको वचत दुरुपयोग,अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानविन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन भनिएको जानकारी दिए ।

समितिले दिएको १८ जनाको नाम यस्तो रहेको छ ।

१. जीबी राई -सूर्य दर्शन सहकारी, पोखरा

२. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर

३. राजमाया महर्जन – सुमेरू सहकारी, काठमाडौं

४. सचिन महर्जन -सुमेरू सहकारी, काठमाडौं

५. सरला महर्जन – सुमेरू सहकारी, ललितपुर

६. ज्ञानबहादुर बम्जन- सूर्यदर्शन सहकारी, पोखरा

७. भुपेन्द्र राई-सूर्यदर्शन सहकारी, पोखरा

८. तेजबहादुर बम्जन-शिव शिखर सहकारी

९. देवकुमार नेपाली- इमेज वचत, पोखरा

१०.छेदा नेपाली – इमेज वचत सहकारी, बागलुङ

११.तस्बिरन खातुन- सानोपाइला सहकारी,बीरगंज

१२. असरफ अलि – सानो पाइला सहकारी, बीरगंज

१३.सुवास केसी- सहारा सहकारी, चितवन

१४. दीपक पौडेल- इमेज सहकारी, बागलुङ

१५. लीलानाथ गौतम-शिव शिखर सहकारी, भक्तपुर

१६. महाशंकर रेग्मी-मेघा ड्रिम सहकारी, काठमाडौं

१७. थानबहादुर बुढामगर- सूर्यदर्शन सहकारी, पोखरा

१८. प्रेमध्वज लामा- कान्तिपुर कोअपरेटिभ, काठमाडौं

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १५:२८