९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

यी हुन् सामूहिक लगानी कोषले सेयर किनेर राखेका वाणिज्य बैंक

१४ साउन, काठमाडौँ । वाणिज्य बैंकहरूको सूचक गत असार १७ गते  १०८८ विन्दुमा थियो।

एक महिना नपुग्दै यो समूहगत सूचक १५७४ विन्दुमा पुग्यो । यो बीचमा मात्रै यो सूचक करिब पाँच सय अंकले बढ्यो।

यो समूहमा मात्रै दैनिक २२ करोडको कारोबार भइरहेकोमा अहिले बढेर तीन अर्ब ९६ करोड पुग्न थालेको छ। बजारमा अहिले पनि वाणिज्य बैंकहरूको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँभन्दा कम नै छ। पाँच सय रूपैयाँभन्दा मूल्य माथि हुने वाणिज्य बैंक मात्रै तीन छन्।

गत असारसम्मको आफ्नो विवरण प्रकाशित गरेका यी १८ वटामा शुभ लक्ष्मी कोष, प्रभु स्मार्ट, प्रभु सेकेक्ट फण्ड, लक्ष्मी उन्नति, लक्ष्मी भ्यालु, सनराइज फण्ड १, सनराइज फोकस, सनराइज ब्लू चिप छन्।

त्यसैगरी, हिमालयन ८०–२०, एसवाईआइएस, एनउमबी सुलभ, एनएमबी सरल, एनएमबी ५०,एसइफ, एसआइजी एस ३, एसआइजी एस २, आरबिबी १ र आरबिबी २ छन् ।

सानिमा बैंक 

यी सामूहिक लगानी कोषको विवरण हेर्दा सानिमा बैंक सबैभन्दा धेरैको प्राथमिकतामा परेको र १८ मध्ये १७ वटासँग यो बैंकको सेयर छ । हाल सानिमा बैंकको ३५१ रूपैयाँमा सेयर कारोबार भइरहेको छ ।

एनआइसी एसिया बैंक

यी सामूहिक लगानी कोषको विवरण हेर्दा एनआइसी एसिया बैंक धेरैको प्राथमिकतामा पर्नुका साथै यस बैंकको १८ मध्ये १५ वटासँग सेयर छ। हाल यो बैंकको ५४० रूपैयाँमा सेयर कारोबार भइरहेको छ।

एनएमबी बैंक

यी सामूहिक लगानी कोषको विवरण हेर्दा एनएमबी बैंक प्राथमिकताको आधारमा तेस्रो स्थानमा रहेको र १८ मध्ये १३ वटासँग यो बैंकको सेयर छ । हाल यो बैंकको २८३ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।

प्रभु, सिद्धार्थ र माछापुच्छ्रे

यी सामूहिक लगानी कोषको विवरण हेर्दा ९ वटासँग प्रभु, सिद्धार्थ र माछापुच्छ्रेको सेयर  रहेको छ। हाल प्रभुको २३३ रूपैयाँ, सिद्धार्थ ३५५ रूपैयाँ र माछापुच्छ्रे बैंकको २६४ रूपैयाँमा सेयर कारोबार भइरहेको छ ।

नेपाल एसबिआई बैंक

यी सामूहिक लगानी कोषमध्ये ८ वटासँग नेपाल एसबिआई बैंकको सेयर रही हाल यो बैंकको ४४१ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।

स्ट्याण्डर्ड, एभरेष्ट र ग्लोबल आइएमई  

यी सामूहिक लगानी कोषको विवरण हेर्दा १२ वटासँग स्ट्याण्डर्ड, एभरेष्ट र ग्लोबल आइएमइको सेयर छ। हाल एभरेष्टको ६७० रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्डको ७०१ रूपैयाँ र ग्लोबल आइएमई बैंकको २६६ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।

कृषि विकास, सिटिजन्स र नेपाल बैंक

यी सामूहिक लगानी कोषको विवरण हेर्दा ७ वटासँग कृषि विकास, सिटिजन्स र नेपाल बैंकको सेयर छ। हाल नेपाल बैंकको २९३ रूपैयाँ, सिटिजन्सको ३५४ रूपैयाँ र कृषि विकासको ३८३ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १५:३८